मेसीको कीर्तिमानमा पिएसजीलाई लिग वानको उपाधि

पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ। मेसीले कीर्तिमानी गोल गरेको खेलमा पएसजी ले ११ औँ पटक लिग वानको उपाधि जितेको हो ।

एक खेल बाँकी हुँदै उपाधि जित्ने क्रममा शनिबार राति पिएसजीले स्ट्रासबर्ग सँग १-१ गोलको बराबरी खेलेको थियो । मेसीले केलिएन एम्बापेको पासलाई सदुपायोग गर्दै ५९ औँ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए। मेसीको यो युरोपियन टप लिगमा ४९६ औँ गोल हो । उनले यसअघि टप फाइभ लिगमा रोनाल्डोले बनाएको ४९५ गोलको कीर्तिमान आफ्नो नाममा पारे। उनको यो पिएसजी का लागि ३२ औँ गोल हो ।

पिएसजीले उपाधि जितेसँगै यसअघि सेन्ट- इटेइनी र मार्सेलीले १० पटक जितेको इतिहाससमेत तोडेको छ ।

पिएसजीका लागि मेसीको यो सम्भवत अन्तिम खेल हुने छ । उनलाई केही साताअघि क्लबले विना जानकारी साउदी अरब गएको भन्दै २ खेलको प्रतिबन्द लगाएको थियो । त्यसपछि उनी फर्किएको खेलमा समर्थकहरूले उनीविरुद्ध नाराबाजी गरेका थिए ।

त्यसपछि मेसीले पिएसजीमा बाँकी खेल नखेल्ने अनुमान गरिएको थियो। तर उनले आफ्नो निर्णायक गोलमा टिमलाई उपाधि दिलाउँदै समर्थकलाई जवाफ दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार