रविले दिए प्रचण्ड र नारायणकाजीलाई धन्यवाद

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण नेपालीलाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका हुन् ।

उनले सरकारको निर्णय कार्यान्वयन गर्ने नेपाल प्रहरीलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु’ लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, ‘यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार