आजदेखी ट्विटरको भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो, अब निश्चित शुल्क तिर्नुपर्ने

बिहिबार मध्यरातिदेखि लागु हुने गरी ट्विटरले अनपेड एकाउन्टको  ब्लू टिक हटाएको छ । कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार टविटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहिवार मध्यरातीवाट हटेकाे छ । जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि टविटर एकाउन्टवाट ब्लु टिक हटेको छ ।

मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए, उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए ।

ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन । तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टवाट ब्लु टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो ।

नेपालमा पनि निःशुल्क रुपमा ब्लु टिक पाउने हजारौं थिए, तर बिहिबार रातीवाट पनि सबैजसोको हटेको छ ।

नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर (करिब ११ हजार रुपैयाँ) तिर्नु पर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार