राहुल गान्धीलाई सरकारी निवास खाली गर्न नोटिस

भारतीय राष्ट्रिय काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न भनेको छ।

लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिस जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच लोकसभाको वेबसाइटबाट पनि उनको नाम हटाइएको छ। लोकसभा सचिवालयका अनुसार राहुल गान्धी निर्वाचित भएको निर्वाचन क्षेत्र वायनाडलाई खाली घोषित गरिएको छ। निर्वाचन आयोगले उक्त क्षेत्रमा चुनाव घोषणा गर्न सक्ने बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार