‘पानी पिउने बोतलमा टोइलेटको सिटभन्दा ४०,००० बढी ब्याक्टेरिया’

गर्मी आइरहेको छ । जता जाँदा पनि पानीको बोतल लिएर हिँड्ने दिन नजिकिँदै छ । मानिसहरू पुनः प्रयोग गर्न मिल्ने बोतललाई सुरक्षित ठान्छन्, त्यसैले त्यसमा जुठो हालेर पानी पिउँछन् र त्यसलाई दैनिक सफा पनि गर्दैनन् ।

यही नै बोतल भित्र ब्याक्टेरिया बढ्ने कारण हुने गर्छ । यसका कारण हामी बिरामी हुन्छौँ । अमेरिकामा भएको वाटरफिल्टरगुरु डट कमले गरेको अनुसन्धानले बारम्बार प्रयोग हुने पानीको बोतलमा ट्वाइलेट सिटभन्दा ४०,००० गुणा बढी ब्याक्टेरिया हुनसक्ने बताएको छ ।

जसले आफ्नो पानीको बोतललाई एक–दुई पटक पानीले खकालेर पानी भर्छन् र बोतल सफा भएको ठान्छन् उनीहरुले यो खबर पढ्नै पर्छ ।यहाँ माइक्रोबायोलोजिस्ट डा साइमन क्लार्क र भोपालका प्राथमिक उपचार केन्द्रका इन्चार्ज डा। बालकृष्णसँगको कुराकानी यहाँ साझा गरिएको छ ।

सबैभन्दा पहिले, पानीको बोतलमा भएको अनुसन्धानले के भन्छ, त्यसबारे जानकारी लिनुहोस् ।

– अमेरिकाका अन्वेषकहरूको टोलीले पुनः प्रयोग गर्न मिल्ने पानीका बोतलहरूको सरसफाइको अनुसन्धान गरेको थियो ।

– उनले बोतलका सबै भागहरू अर्थात् यसको माथिल्लो भाग, ढक्कन, मुख सबैको तीन पटक परीक्षण गरे ।

– अनुसन्धानका अनुसार बोतलमा ग्राम–नेगेटिभ ब्याक्टेरिया र ब्यासिलस ब्याक्टेरिया गरी दुई प्रकारका ब्याक्टेरियाको उपस्थिति पाइएको थियो ।

– ग्राम–नेगेटिभ ब्याक्टेरिया विभिन्न प्रकारका सङ्क्रमणहरू निम्त्याउन जिम्मेवार छन् ।

– ब्यासिलस ब्याक्टेरियाले ग्यास्ट्रोइन्टेस्टाइनल समस्या निम्त्याउन सक्छ ।

– अनुसन्धानमा बोतललाई भान्साका अन्य सामानसँग तुलना गरिएको छ, जसमा भाँडा माझ्ने सिङ्कको तुलनामा बोतलमा दोब्बर कीटाणु रहेको पाइएको छ ।

प्रश्न : यो अनुसन्धान अनुसार के पानीको बोतल दैनिक सफा गर्नुपर्छ रु वा गर्मी मौसममा मात्र यो सफा गर्नु पर्छ ?

उत्तर : जसरी तपाईँ आफ्नो घरमा अन्य भाँडाकुँडाहरू प्रयोग गर्नुहुन्छ, त्यसै गरी बोतलको प्रयोग गर्नुहोस् ।

गर्मीमा ब्याक्टेरिया बढ्ने सम्भावना बढी हुन्छ । तर यसको मतलब गर्मीमा मात्र होइन, कुनै पनि मौसममा पानीको बोतल प्रयोग गर्दा त्यसलाई सफा गर्नुपर्छ ।

सम्भव भएमा कहिलेकाहीँ केही समय घाममा सुकाउन राख्नुहोस्, जसले गर्दा यसबाट आउने दुर्गन्ध जान्छ र त्यहाँ रहेको ब्याक्टेरिया नष्ट हुन्छ ।

अमेरिकामा भएको अनुसन्धानले पनि पानीको बोतललाई दिनमा कम्तीमा एक पटक साबुन, तातो पानी वा हप्तामा एक पटक सेनिटाइज गर्नुपर्ने सुझाव दिएको छ ।

स्टिल, प्लास्टिक, मेटल वा काँच, पानीको बोतललाई यसरी सफा गर्नुहोस्

कागती, नुन र बरफ

काँच र प्लास्टिकको बोतललाई यसले सफा गर्न सकिन्छ ।

तरिका स् एउटा बोतलमा आधा पानी भर्नुहोस् । त्यसमा बरफको टुक्राका साथै कागतीका तीन वा चार टुक्रा हाल्नुहोस् । यसमा थोरै नुन हालेर राम्रोसँग हल्लाउनुहोस् । त्यसपछि बोतल सफा गर्ने ब्रसलाई राम्रोसँग घुमाएर सफा पानीले धुनुहोस् । यसो गर्दा बोतलभित्र हुर्कने ब्याक्टेरिया नष्ट हुनेछ ।

भिनेगर र बेकिङ सोडा

काँच वा प्लास्टिकको बोतल सफा गर्नका लागि यसलाई प्रयोग गर्न सकिन्छ ।

तरिकास् बोतलमा दुई चम्चा भिनेगर र एक चम्चा बेकिङ सोडा मिसाउनुहोस् । अब बिर्को लगाएर यसलाई राम्रोसँग हल्लाउनुहोस् । थोरै बेरका लागि यो मिश्रणलाई बोतल भित्र नै रहन दिनुहोस् । त्यसपछि बोतल र बिर्कोलाई सफा पानीले राम्रोसँग धुनुहोस् । आवश्यक पर्दा ब्रस प्रयोग गर्न सकिनेछ ।

भिनेगर र तातो पानी

स्टिलको बोतललाई यो ट्रिकले सफा गर्न सकिन्छ ।

तरिका स् भिनेगर र तातो पानीलाई बोतलमा हाल्नुहोस् । यसलाई कम्तीमा पाँच मिनेटसम्म बोतलमा नै राख्नुहोस् । त्यसपछि बोतललाई राम्रोसँग हल्लाउनुहोस् । त्यसपछि सफा पानीले धुनुहोस् र सकाउनु होस् ।

बेकिङ सोडा र ब्लिच

बोतलबाट दुर्गन्ध हटाउनका लागि यो उपाय उत्कृष्ट हो ।

तरिका स् पानीको बोतलमा एक चम्चा ब्लिच र एक चम्चा बेकिङ सोडा हाल्नुहोस् । अब बोतललाई पानीले भर्नुहोस् । बोतललाई रात भरी यसरी नै राख्नुहोस् । भोलिपल्ट बोतलको पानी फाल्नुहोस् र पानीले राम्रोसँग धुनुहोस् ।

लिक्विड सोप र तातो पानी

भ्याक्युम फ्लास्कमा चिया–कफीको दाग हटाउने ट्रिक ।

तरिका स् थर्मस भित्र तातो पानीका साथै भाँडा माझ्ने लिक्विड सोप हाल्नुहोस् । हल्लाएर यसलाई २–५ मिनेट राख्नुहोस् । ब्रस चारैतिर राम्रोसँग घुमाउनुहोस् त्यसपछि त्यसलाई राम्रोसँग धोएर सुकाउनुहोस् । चिया कफीको दाग कडा छ भने पानीको साटो भिनेगर प्रयोग गर्नुहोस् ।

प्रश्न : ठिक छ, त्यसो भए हामीले कस्तो बोतलमा पानी भण्डार गर्नुपर्छ ?

उत्तर स् अनुसन्धानले काँचका बोतलहरू सुरक्षित छन् भन्ने पत्ता लगाएको छ । तर यसलाई बोक्न सजिलो छैन । त्यसैले यस्तो बोतल लिनुहोस् जसमा पानी पिउनका लागि छुट्टै गिलास हुन्छ वा जसमा जुठो हालेर खान सकिँदैन ।

पानीको बोतलमा हुने ब्याक्टेरियाको प्रभाव खतरनाक हुन्छ

– एन्टिबायोटिक लिइरहेका मानिसहरूलाई औषधिले असर गर्दैन ।

– पेट दुख्ने, एसिडिटी, पखाला लाग्न सक्छ ।

– रक्तचाप तल माथि हुन सक्छ ।

– मुटु रोग लाग्ने खतरा बढ्छ ।

– बान्ता लाग्ने जस्ता समस्या हुन सक्छ ।

– साना केटीहरूमा हर्मोन परिवर्तन समय पूर्व हुन सक्छ ।

– पिसाब नलीमा बारम्बार सङ्क्रमण हुने खतरा हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार