विश्वासको मतबारे निर्णय लिन कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बैठक बोलाएको हो । बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन गरिएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकलगत्तै कांग्रेस कांग्रेस संसदीय दलको बैठक तय गरिएको छ । दिउँसो १२ बजे संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार