दाँत कसरी स्वस्थ राख्ने ?

काठमाडाैँ : दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने वा बिग्रने मात्र होइन, गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । विशेष गरी गुलियो खानेकुरा खाँदा मुखमा एसिड बढ्छ र त्यसैले ब्याक्टेरिया उत्पादन गर्छ ।

दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ र अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ । गिजामा इन्फेक्सन भयो भने शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । त्यसैले दाँत सुरक्षित राख्न हामीले विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

-सुर्तीजन्य पदार्थ जस्तै– पानपराग, खैनी पनि हानिकारक छ । यसले दाँतलाई डिस्कलर गर्छ । छालाको क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले सुर्तीजन्य पदार्थबाट टाढा रहनुपर्छ ।

– गुलिया कुरा खाएपछि मुख कुल्ला गर्न बिर्सनुहुँदैन ।

-खाना खाएपछि बिहान–बेलुका ब्रस अनिवार्य गर्नुपर्छ ।

– दाँत माझ्दा नरम ब्रसको प्रयोग गर्नुपर्छ ।

-फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्दा अझ राम्रो हुन्छ । बजारमा विभिन्न थरीका मञ्जन पाइन्छन्, तर फ्लोराइड भएको मञ्जन नै प्रयोग गर्नुपर्छ ।

-ब्रस गर्ने आफ्नै विधि हुन्छ । प्रायः ब्रस गर्दा अगाडि–पछाडि घोट्ने गरिन्छ । त्यसरी घोटेर गर्नुहुँदैन । माथिल्लो भागको दाँत माझ्दा ब्रसलाई माथितिर र तल्लो भागमा माझ्दा तल्तिर फर्काएर गर्नुपर्छ ।

– दाँतका सबै भागमा ब्रस गर्नैपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार