बागलुङमा १९ वर्षीया किशोरी बलात्कारको अभियोगमा सापकोटालाई सात वर्ष कैद

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–५ का ४० वर्षीय भरत सापकोटालाई सात वर्ष कैद सजायको फैसला सुनाइएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले बलात्कार कसूर ठहर गर्दै सापकोटालाई सात वर्ष कैदसहित नगद क्षतिपूर्तिको फैसला सुनाइएको हो ।

अदालतले पीडितलाई रु एक लाख क्षतिपूर्ति र रु एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए । युवतीलाई सापकोटाले गत साउन १६ र १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई सोही दिन पक्राउ गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार