बैतडीमा चितुवा मृत फेला

बैतडी : बैतडीको पाटनमा चितुवा मृत फेला परेको छ। जिल्लाको पाटन नगरपालिका ४ रातामाटा चितुवा मृत फेला परेको पाटन सब डिभिजन वन कार्यालयका फरेस्टर प्रेमबहादुर बिष्टले बताए। बिहीबार बिहान स्थानीयले चितुवा मरेको देखेपछि खबर गरेका थिए।

६ फिट २ इन्च लम्बाइ भएको चितुवाको मृत्युको कारण भने खुल्न छैन। चितुवा आफैँ मरेको हो वा अन्य कारणले मरेको भन्ने कुरा खुल्न बाँकी रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार