वित्तीय गल्ती गरेको भेटे टुँडिखेलमा झुण्ड्याए हुन्छ : अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले आफूले धितोपत्र बोर्डमा सुधारका काम शुरु गरेपछि चौतर्फी आक्रमण भएको बताएका हुन् ।

‘कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि मलाई घेराबन्दीमा पारिएको हो’हमालले भने,’मैले कुनै वित्तीय गल्ती गरेको छैन । यदी कुनै कमजोरी देखियो भने टुँडिखेलमा लगेर झुण्ड्याउँदा हुन्छ ।’

हमालले आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमति जस्ता कागजात नभएको दाबी गरेका छन् ।

हमालले छोरा थाइल्याण्डमा जन्मिएको भए पनि ललितपुर जिल्लाबाट नागरिकता लिएको बताए ।

अध्यक्ष हमालले धितोपत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यबस्थापकीय एवं अर्थतन्त्र बिस्तारमा नविनतम सुरुवात मार्फत धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन २०७८ फाल्गुनमा आफ्नो नियुक्ती भएको र अहिले सुधारका काम गरेपछि आफुबिरुद्ध नियोजित आरोपहरु लगाइएको तर्क गरे । कुनै पनि कालखण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको पनि उनको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार