राष्ट्रिय टिममा फर्कदै सन्दीप, बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथिको निलम्बन फुकुवा गरेपछि राष्ट्रिय टोलीमा बोलाइएको हो ।

छनोट समिति संयोजक दीपेन्द्र चौधरीले सन्दीपलाई बिहीबारदेखि बन्द प्रशिक्षणमा बाेलाइएकाे जानकारी दिए । सन्दीप आज त्रिवि मैदानमा पुगेर प्रशिक्षक देसाईलाई भेटेका थिए । सम्भवतः उनी भोलिबाट प्रशिक्षणमा सहभागी हुनेछन् । आज भने बन्द प्रशिक्षण थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार