मन्त्री थापालाई निकाल्न माग गर्दै कर्णालीमा एमालेले गर्‍यो प्रदेशसभा अवरूद्ध

नैतिक पतन भएको व्यक्तिलाई मन्त्री बनाएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

सुर्खेतमा सोमबार प्रदेशसभा बैठक सुरु हुनेबितिकै नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका अम्मर थापा मन्त्री बनाइएको भन्दै विरोध गरेका थिए । उनले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले संरक्षण गरेर राखेको आरोप लगााए ।

कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइने तर अपराध गर्न नपाइने भन्दै नैतिक पतन भएको व्यक्तिलाई मन्त्री बनाउनु राम्रो नभएको बताए । त्यस्तै उनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई बर्खास्त नगरेसम्म सदनको कामकारवाही अघि बढ्न नसक्ने बताए ।

कँडेलले धारणा राखेपछि एमालेका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएका थिए । सभामुख राजबहादुर शाहीले पटक पटक बस्न आग्रह गरेपनि एमालेका प्रदेशसभा सदस्यहरुले नमानेपछि सदनको कारवाही स्थगित गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार