तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार