भारतमा निर्मित खोकीका दुई झोल औषधि बालबालिकालाई प्रयोग नगर्न सिफारिस

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नोएडास्थित कम्पनी मेरियन बायोटेकले बनाएको खोकीका दुईवटा झोल औषधि उज्वेकिस्तानका बालबालिकाका लागि प्रयोग नगर्न सिफारिस गरेको छ ।

बुधवार एक मेडिकल उत्पादन चेतावनीमा डब्ल्यूएचओले मारियन बायोटेकद्वारा निर्मित कमजोर गुणस्तरका मेडिकल उत्पादनले गुणस्तरको मापदण्ड वा विशिष्टताहरू पूरा गर्न असफल भएको जनाएको छ ।

डब्लूएचओका अनुसार उज्वेकिस्तान गणतन्त्रको स्वास्थ्य मन्त्रालयको राष्ट्रिय गुणस्तर नियन्त्रण प्रयोगशालाहरूद्वारा गरिएको कफ सिरपको नमूनाहरूको प्रयोगशाला विश्लेषणले दुवै उत्पादनहरूमा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा अस्वीकार्य रूपमा प्रयोग भएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार