सरकारबाट बाहिरिएपछि पोखरेलले भने- महासचिवका रुपमा पार्टीमै क्रियाशील हुन्छु

निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू अब एमाले महासचिवका रुपमा पार्टीमा क्रियाशील रहने बताएका छन् ।

सरकारबाट बाहिरिएपछि आइतबार सामाजिक संजाल फेसबुक मार्फत वक्तव्य जारी गर्दै पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्ने बारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताएका छन् ।

‘म पार्टीको महासचिव भएर पुनस् भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ । पार्टीका आदरणीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँत यस सम्बन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरताबारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु,’ उनले लेखेका छन् ।

पोखरेलले अहिले सबैतिर पार्टी छ तर कहिँ पनि पार्टी छैन जस्तो अवस्था रहेको भन्दै यसलाई बदल्नुपर्ने चुनौती रहेको बताएका छन् । पोखरेलले पार्टीभित्रको एकतासमेत अहिले संकटमा रहेकाले यसलाई जोगाउन आफू लाग्ने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनमा उपप्रधानमन्त्री रहेका पोखरेललाई हटाएका थिए भने विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका थिए ।

यसअघि पोखरेललाई प्रधानमन्त्री ओलीले रक्षा मन्त्रीबाट हटाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार