रविविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ माघ ११ मा (आदेशसहित)

काठमाडौँ –सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । भने मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते हुने भएको छ ।

अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्चले अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत सम्मलित संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको हो ।

लामिछानेको मुद्दाको सर्वोच्च अदालतले जारी गरेको आदेश:

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार