परवल खेतीमा नमुना बन्दै कपिलवस्तुको गगनीगाँउ

परवल खेतीका लागि कपिलवस्तु जिल्लाको बुद्धुभुमि नगरपालिका– १० गगनी गाँउ नुमना बन्दै गएको छ । बलौटे माटोमा हुने परवल खेतीमा लागेका गाँउका डेढ दर्जन कृषकहरुले यसबाट राम्रो आम्दानी गर्ने गरेका छन् । गाँउमा रहेको डेढ दर्जन परिवारले १० बिघा पक्की खेतमा परवल खेती गरेका हुन । दुई दशकयता गगनी गाँउमा कृषकहरुले परवल खेती गर्दै आएका हुन् ।

लहरे जातका रुपमा रहेका परवल खेतीमा विगत २ दशकदेखि हात हालेका ३५ वर्षे कृषक श्रीराम पासीले ३ बिघा कच्चीमा परवल लगाएका छन । हप्ताको दुई पटक चार क्विनटलका दरले परवल बचेर अहिलेसम्म ४० हजार आम्दानी गरेको उनले बताए । तौलिहवा बजारमा मंगलवार र शनिवार लाग्ने हाट बजारमा परवल बेच्दै आएका उनले उत्पादन बढी भएको र भारतीय परवल समेत भित्रिएकाले यस वर्ष अली सस्तोमा माल बिक्री गर्नु परेको गुनसो गरे ।

परवल टिपेर बजारमा पठाउने चटोरोमा रहेकी पासीकी श्रीमति अनाराले भनिन् डेढ महिना अघिसम्म प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्म परवल बिक्री हुन्थ्यो अहिले प्रतिकिला ४० देखि ५० रुपैयामा बिक्री हुने गरेको छ । परवल सहित खेतमा करेला, लौका, काँक्रो, तिरई समेत उत्पादन गरी उनीहरुले आम्दानी गर्दै आएका छन । “हामीले उत्पादन गरको परवल जिल्ला बाहिर निकासी गर्न पाएका छैनौँ, यसका लागि कसैले पहल समेत गरेका छैन । खेतमा उत्पादन भएको परवल टिप्दै उनले भने हामीहरुको समस्या कसैले बुझ्दैनन”  उनले भनिन् ।

“बिउ भारतबाट किनेर ल्याउनुपर्छ सिचाईका लागि पनि कसैले सहयोग गरेको छैन, हामी भगवानको भरोसामा छौ” निधारमा आएको पसिना गम्छाले पुछदै कृषक पासीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार