बाग्लुङको गल्कोटमा २ यात्रु सहितको कार सडकबाट १५० मिटर तल खस्यो

बाग्लुङको गल्कोटमा २ यात्रु सहितको कार सडकबाट १५० मिटर तल खस्यो

बाग्लुङको गल्कोटमा क्षेत्र अन्र्तगत रिघामा बा १८ च ७३६ कार दुर्घटना हुदाँ दुईजना गम्भिर घाईते भएका छन । गल्कोटबाट खरबाङका लागी जाँदै गरेको कार रिघाको मनेबा भन्ने स्थानमा सडकबाट १ सय पचास मिटर तल खसेको स्थानीय बाग्लुङ प्रहरीले जानकारी दिएको छ । साँझ ५ बजेको समयमा तीब्र गतिमा गुडिरहेको कार एक्कासी सडकबाट तल खसेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए । दुर्घटनामा कारमा सवार बडिगाँउका तुल बहादुर घर्ती र गल्कोट नगरपालिकाका पतिराम दर्जी घाईते भएका छन । गम्भिर घाईते भएका उनिहरुको अहिले गल्कोटकै अस्पातालमा सामान्य उपाचारपछि पोखरा रिफर गर्ने तयारी भईरहेको गल्कोट…

Read More

फुलमा आत्मनिर्भर बन्दै पोखरा , तिहारमा २ करोडको फुलको कारोबार हुने

फुलमा आत्मनिर्भर बन्दै पोखरा , तिहारमा २ करोडको फुलको कारोबार हुने

पछिल्लो समय नेपालमा फूलको माग बढेसँगै पुष्प व्यवसायमा धेरैको आकर्षण बढेको छ । घर सजावटदेखी भोज पार्टी जस्ता समारोहमा मात्रै होईन सम्मान स्वागत र बिदाईका समयमा समेत फुलको प्रयोग बढ्दो छ । उपत्यका काठमाण्डौसँगै फुलको माग पोखरा नारायणगढ बिरगंज, बिराटनगर देखी वुटवलद नेपालगंजसम्म उस्तै छ । पुष्प व्यवसायमा सक्रिय व्यवासायीको छातासंगठन नेपाल फोलोरिकल्चर एशोसियसनको तथ्याङ अनुसार नेपालको काठमाण्डौपछि पुष्पव्यवसायमा सबैभन्दा बढि व्यपापार हुने शहर पोखरा हो । पर्यटकीय शहर पोखरा तथा आसपासमा ३२ नर्सरीले फूल उत्पादन तथा बितरण गरिरहेका छन् । सामान्यतय अन्य समयमा पनि अन्य शहरको तुलना बढि नै…

Read More

अर्थ सचिव शान्तराज सुवेदीको बिदाइ

अर्थ सचिव शान्तराज सुवेदीको बिदाइ

काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन अर्थ सचिव शान्तराज सुवेदीले महत्वपूर्ण योगदान गरेको बताए । अर्थ सचिव सुवेदीको बिदाइका लागि आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री कार्कीले अर्थ सचिवका रुपमा सुवेदीले मुलुकको अर्थतन्त्रको विकासका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै उनको भूमिकाको अनुशरण गरेर अघि बढ्न अर्थ मन्त्रालयका कर्मचारीलाई सुझाव दिए । कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले नेपालले सम्पत्ति शुद्धीकरणका क्षेत्रमा तत्कालै प्रभावकारी कार्य गर्न नसके नेपाल फेरि पनि सम्पत्ती शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने बताए । उनले मुलुकलाई तत्कालै पूर्वाधारको निर्माणका लागि करिब रु १७ अर्बभन्दा बढी रकम आवश्यक भएकाले त्यसका लागि राजस्व संकलन वृद्धि गर्न राजस्व…

Read More

द्रुतमार्ग निर्माणका लागि सैनिक बेस क्याम्प उद्घाटन

द्रुतमार्ग निर्माणका लागि सैनिक बेस क्याम्प उद्घाटन

काठमाडौँ | नेपाली सेनाले निर्माण शुरु गरेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (एक्प्रेस वे) सडक आयोजनाका लागि आवश्यक पूर्वाधारसहितको सैनिक बेस क्याम्प उद्घाटन गरिएको छ । नेपाली सेनाका बलाध्यक्ष रथी एवं अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष पूर्णचन्द्र थापाले आज काठमाडौँको मख्खुबेँसीस्थित निर्माण कार्यदलका लागि नवनिर्मित भौतिक पूर्वाधारको उद्घाटन गर्नुभएको हो । सो अवसरमा बलाध्यक्ष रथी थापाले सो आयोजनालाई नेपाली सेनाले उच्च प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाएको बताउँदै निर्धारित समयमा नै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । कूल ७६.२ किमी लम्बाइको द्रुतमार्ग निर्माणका लागि सेनाले सो क्षेत्रअन्तर्गत खोकना, मख्खु, कुलेखानी, महादेव, डेड्री, लानीडाँडा,…

Read More

आफ्नै समूहले लुटेको पैसा बुझाउन दीपक मनाङे प्रहरी कार्यालय पुगेपछि

आफ्नै समूहले लुटेको पैसा बुझाउन दीपक मनाङे प्रहरी कार्यालय पुगेपछि

केही दिन अघि नेकपा एमाले प्रवेश गरेका ‘गुन्डानाइके’ दीपक मनाङेको समूहले मनाङमा आपराधिक कृयाकलाप गरिरहेको छ । एमाले पार्टीले मनाङबाट उम्मेदवार सिफरिस समेत गरेका मनाङेको समूहले गत शनिबार राती ११ बजे होटलबाट एक जना व्यवसायीको अपहरण गरेका छन्। होटलमा बास बसेका ४ जनामध्ये नार फु गाउँपालिकाका कर्मा लाक्पा लामाको अपहरण गरेका हुन्। होटलमा सँगै बास बसेका अन्य ३ जना लोप्साङ फुम्जो, धोर्जे लामा, गणेश घले र टासी लामा भागेका थिए। कर्मा लाक्पा लामा र टासि लामासँग रहेको १० लाख रुपैयाँ मनाङे समूहका युवाहरूले लिएका थिए। मनाङमा होटल खोल्न भन्दै उनीहरू…

Read More

‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत

‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत

काठमाडौं । दीपावली २०७४ को अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यंग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत् गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा बुधबार प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत् गरिएको थियो । कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्धर्वलगायतले व्यंग्यात्मक प्रस्तुति दिए । सो अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए । कार्यक्रममा अध्यक्षद्वय ओली र…

Read More

सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले अनशन तोडे

सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले अनशन तोडे

सरकारसँग १० बुँदे सहमतिपछि प्राडा गोविन्द केसीले १४ दिनदेखिको अनशन आज अन्त्य गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र केसी पक्षबीच भएको वार्तामा सरकार अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन ल्याउन तयार भएपछि डा. गोविन्द केसीको अनशन तोडिएको हो । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्नका लागि आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट सिफारिस गर्ने सरकारी पक्षसंगको सहमतिपछि डा. केसीको अनसन तोडिएको हो । सरकार र केसी पक्षबीच १० बुँदे सहमति भएको बताईएको छ । मध्यम र निम्न मध्यम वर्गका सबै नेपालीहरुका लागि सम्पूर्ण स्वास्थ्य उपचार र सम्पूर्ण विद्यार्थीहरुका लाग शिक्षा गुणस्तरीय, निशुल्क…

Read More

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुन आएको सहकारी विधेयक २०७४, स्वास्थ्य बिमा विधेयक २०७४, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४, र प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७४ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Read More

राहतको माग गर्दै बाढीपीडितद्वारा प्रजिअ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार

राहतको माग गर्दै बाढीपीडितद्वारा  प्रजिअ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार

रौतहट | देवाही गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडिमाथि आज ढुंगा प्रहार गरका छन् । स्थानीयको ढुुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुुटेको छ । स्थानीयको नियन्त्रणमा रहेका सो नगरपालिकाका कार्यकारी अधिकृत मनोज झालाई उद्धार गर्ने क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक र नेपाल प्रहरीका एक जना जवान घाइते भएका छन । गत साउनमा आएको बाढीबाट पीडित देवाही गोनाही–३ र ४ का २१८ जनालाई राहत वितरण गर्न आज कार्यकारी अधिकृत नगरपालिकाको कार्यालय पुगेका…

Read More

चाडबाडमा पनि उखु किसानले भुक्तानी पाएनन्

चाडबाडमा पनि उखु किसानले भुक्तानी पाएनन्

रौतहट । जिल्लाको एकमात्र ठूलो उद्योगका रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिलले दिपावली र छठमा पनि उखु बापतको भुक्तानी नदिँदा यहाँका किसान आक्रोशित भएका छन् । पटक पटक भुक्तानीको भाखा सार्दै आएका उद्योगीले चाडबाडको मुखमा अनेक बहाना बनाउने र आफैंले गरेको भाखाअनुुसार भुक्तानी नदिएका कारण किसानहरू मिल प्रशासन र उद्योगीप्रति आक्रोशित बनेका हुन् । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको रोहवरमा मन्त्रालयमै तत्काल भुक्तानी दिन सुुरु गर्ने बताएका उद्योगपतिद्वय हृतेष गोल्छा र ललित अग्रवालले एक वर्ष बित्न लाग्दा पनि भुक्तानी दिन नसकेको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । गत…

Read More