अभिनेत्री श्वेताका श्रीमान् मिलनको कोरोनाका कारण मृत्यु

अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार चावहिलस्थित एक हस्पिटलको एचडीयुमा मृत्यु भएको हो ।

सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । अक्सिजन लेभल अत्यन्त कम भएपछि उनलाई केहि दिन अघि अस्पताल भर्ना गरिएको थियो । सापकोटाको मृत्यु भएको फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

‘मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले निधन भएको खबर सुनेर स्तब्ध भएको छु । अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर, सत्यको अगाडि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेता​लाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।’

अभिनेत्री श्वेताले रिदम, ब्ल्याकमेल, प्रोड्यूसरलगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनयबाट टाढा भएकी थिइन् । उनीहरुको एक सन्तान पनि छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार