काठमाडौं । बलात्कारका घटनामा हदम्याद बढाउन मागसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाइएको छ ।
आइतबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सो मागसहित ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन शेर्पासहितको टोली गएको थियो ।
पछिल्लो समय बलात्कारका घटनामा एकवर्षे हदम्याद बढाउनुपर्ने माग चर्को रूपमा उठेको छ ।