काठमाडौं। प्रभु बैंकले पोखरा महानगरपालिका वडा–१५ स्थित नयाँगाउँमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। बैंकको नयाँगाउँ शाखा उद्घाटन बैंकका गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचन गौचनले गरिन्।
उनले नयाँगाउँ शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बताइन्।
नयाँगाउँ शाखा उद्घाटन कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय व्यापारीलगायत सर्वसाधारण उपस्थित थिए। हाल बैंकले ३०२ शाखा, २८५ एटिएम, ७० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।