राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कशप खोल्न पाइने

काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसपहरु खुल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको बुधबार बसेको बैठकले राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कसप सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गर्दै वर्कशप खोल्ने सम्बन्धी यस्तो निर्णय गरेको हो । योसँगै अब उपत्यकाभित्र सञ्चालित सबै खाले वर्कशपहरुले रात्रीकालीन व्यवसायका साथै बिहानी सेवामा १२ घण्टा व्यवसाय खोल्न पाउने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार