चौधरी ग्रुपको बियर प्लान्टमा आगलागी

आगो नियन्त्रण गर्न नसकेपछि भवन भत्काइयो

चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । देवचुली नगरपालिका-२ स्थित रजरमा रहेको उद्योगको बियर प्लान्ट र गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए । उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार तीन वटा दमकलले आगो नियन्त्रण प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार