सुकुम्वासीले प्रहार गरेकाे ढुंगा लागेर महानगरका एसपी घाइते

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन थालेपछि काठमाण्डौको थापाथली क्षेत्रमा तनाव भएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसअघि नै सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिलाई काठमाण्डौ महानगरपालिकाले पनि साथ दिएको छ ।

आज सोमवार सुकुम्वासी बस्ती खाली गराउन समिति र महानगरको टोली प्रहरीसहित थापाथली पुगेपछि तनाव भएको हो । आवेगमा आएका सुकुम्बासीहरुले ढुंगामुडा प्रहार गरिरहेका छन् ।

सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ । उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित तयार बसिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार