गायक प्रमोद पाण्डेको निधन

गायक प्रमोद पाण्डेको निधन भएको छ । ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा उनको निधन भएको हो ।

वि.सं. २०२० माघ १० गते काठमाडौंको भुरुङखेलमा जन्मिएका पाण्डेका थुप्रै गीत लोकप्रिय छन् । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो ।

उनका ‘जिन्दगीले कहाँ ल्याई पुर्यायो’, ‘आँखामै राखेर’,  ‘डालीमा डाली नाचेर हिँड्ने’ बोलको गीत लोकप्रिय छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार