कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, उम्मेदवारबारे छलफल हुने

वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना हेर्ने

उम्मेदवार चयनको विषय टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।  प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्ने बैठकमा मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा छलफल गर्नेछ।

सोमबार भएको बैठकमा कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार हुन लागि दुईवटा मापदण्ड तय गरेको थियो।

बैठकले तय गरेको मापदण्डमा वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना समेत हेर्ने र स्थानीय तहको गत चुनावमा उठेकालाई अहिले उम्मेदवार नबनाउनेलगायत छ ।

कांग्रेसले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसिर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत् सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपिल गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार