सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् ।

रा १ ज ७९८ नम्बरको जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमालीनजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीले जानकारी दिए ।

मृत्यु हुनेमा ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन छन् । घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार