थपिएको निषेधाज्ञामा खाद्य र साल्ट ट्रेडिङले होम डेलिभरी गर्ने

काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ ।

जेष्ठ १४ देखि २० गतेसम्म थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयको विरोध भएपछि प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको हो । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

नागरिकले खाद्य सामग्री मगाए मोबाइल भ्यानमार्फत नै घरमा दाल चामल लगायतका खाद्य सामाग्री घर–घरमा पुर्याउने व्यवस्था भएको पराजुलीले बताए । त्यस्तै उनले कोरोना नियन्त्रण गर्न थप गरिएको एक साताको निषेधाज्ञालाई कडाई गरिने स्पष्ट पारे ।

पराजुलीले प्रशासनले जारी गरेको निषेधाज्ञालाई उलंघन गरिए कडा कारवाही गरिने पनि चेतावनी दिएका छन् । उपत्यकामा कोरोना संक्रमण थप फैलन नलिन नाकामा पनि थप कडाई गरिएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार