लुसियाविरुद्धको खेलमा जमैकाले सन्दीपलाई बेञ्चमै राख्यो

काठमाडौं – क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली क्रिकेट कप्तान सन्दीप लामिछाने आवद्ध जमैका तालबाज पराजित भएको छ। आज बिहान भएको खेलमा जमैका तालबाज सेन्ट लुसिया किंग्ससँग २ विकेटले पराजित भयो।​

जमैकाले आज सन्दीप लामिछानेलाई खेलाएन। सन्दीप बेञ्चमै थिए। ​ जमैकाले दिएको एक सय ६४ रनको लक्ष्य लुसिया किंग्सले आठ विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो।

सन्दीपले जमैका तालाबाजको टिममा दोस्रो पटक आवद्ध भएका हुन्। सन् २०२० को संस्करणमा उनले जमैकाका लागि ५ दशमलव २७ को इकोनोमीमा १२ विकेट लिएका थिए।

सन्दीपमाथि अहिले बलात्कारको आरोपमा जाहेरी दर्ता भएको छ। १७ वर्षीया किशोरीले भदौको ५ गते गौशलाको एक होटलमा सन्दीपले पटक पटक बलात्कार गरेको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार