लुम्बिनीमा मुख्यमन्त्री नियुक्तिदेखि प्रदेशसभा सदस्यहरुको हस्ताक्षरका कागजात माग

लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिदेखि प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसम्मका कागजपत्रहरु माग गरेको छ । मुख्यमन्त्री पोखरेलको नियुक्तिलाई असंवैधानिक बताउँदै सर्वोच्च अदालत जाने बताएको गठबन्धनले कागजात नपाएपछि लिखित रुपमा कागजात माग गरेको हो ।

गठबन्धनले सोमबार नेपालको संविधानको धारा र सूचनाको हक सम्बन्धी २०६४ दफा ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयमा लिखित पत्रमार्फत कागजात मागेको हो । नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन, जसपा सचेतक पूमति ढेगा र जनमोर्चाकी तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेश प्रमुखले डाकेको प्रदेशसभा विशेष अधिवेशन सम्बन्धी पत्र, मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामासहितका अन्य कागजपत्र माग गर्दै सोमबार निवेदन दिएका हुन् ।

अधिवेशन अन्त्य र शंकर पोखरेलले एमाले संसदीय दलको नेता रुपमा वैशाख १९ गते प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित निवेदन दिएको र मुख्यमन्त्रीमा पुनः नियुक्त भएको कागजपत्र माग गरिएको काँग्रेस सचेतक निर्मला क्षेत्रीले बताईन् । यस्तै, नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गरियोस् भन्ने प्रस्ताव पनि गरिएको उनले बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार