केन्याले नेपाललाई दियो दुई सय ५६ रनको चुनौती

काठमाण्डौ – तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास क्रिकेटमा केन्याले नेपाललाई दुई सय ५६ रनको लक्ष्य दिएको छ ।

नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रन बनायो ।

तीन खेलको शृङ्खलामा नेपाल दुई–शून्यले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार