केन्याले नेपाललाई दियो सामान्य लक्ष्य

पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा केन्याले नेपाललाई सामान्य रनको लक्ष्य दिएको छ ।  जिमखाना क्लब मैदानमा चलिरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो ।

केन्याका लागि दुवै ओपर सस्तैमा आउट भएका छन् । ओपनर एलेक्स ओबान्डा डक आउट हुँदा अर्का ओपनर कोलिन्स ओबुयाले ९ रन जोडे । विकेटकिपर इरफान करिमले २२ रन बनाउँदा राकेप पटेलले ३५, इमानुएल बुन्डीले ५, सचिन भुडियाले १४, लुकास ओलुओचले ७, नेहेम्याह ओधियाम्बोले २९, कप्तान शेम न्गोचेले १, यूजीन ओचिङले ३, व्राज पटेलले २ रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिए । करन केसीले दुई विकेट लिदाँ  पवन सरार्फले एक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार