कोरोना खोप नलगाएका जोकोभिचले यूएस ओपन टेनिस गुमाउने

काठमाडौं – विश्व नम्बर वान टेनिस खेलाडी सर्वियन नोभाक जोकोभिचले यूएस ओपन टेनिस पनि गुमाउने भएका छन् ।

यूएस ओपन यही अगष्ट २९ देखि अमेरिकामा सुरु हुँदैछ । तर २१ पटकका ग्राण्डसलाम विजेता ३५ वर्षीय जोकोभिच भने सहभागी हुने छैनन् ।

सन् २०२१ अक्टोबरदेखि अमेरिकाले कोभिड भ्याक्सिन नलगाएकाहरुलाई देशमा प्रवेश गर्न दिइएको छैन ।

भ्याक्सिन नलगाएकै कारण जोकोभिचले वर्षको पहिलो ग्राण्डसलाम अष्ट्रेलियन ओपन खेल्न पाएनन् । उनी अष्ट्रेलिया पुगेर पनि फर्कनुपरेको थियो ।

जोकोभिचले बिहीबार सामाजिक संजाल ट्वीटरमा युएस ओपनका लागि आफू न्युयोर्क भ्रमण गर्न नसक्ने बताएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार