केन्यासँगको दोस्रो खेल आज

काठमाडौं । नेपालले केन्यासँगको पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दैछ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल दोस्रो जितको खोजीमा छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार