बेन्जिमा युईएफए वर्ष खेलाडी

साबिक च्याम्पियन्स लिग विजेता रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले शुक्रबार राति यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका बेन्जिमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै अवार्ड जितेका हुन् । महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

पुरुषको कोच अफ दि इयरको अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते । एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिनइटालीका पूर्व खेलाडी तथा प्रशिक्षक एरिगो साच्चीले यूईएफए प्रेसिडेन्ट अवार्ड प्राप्त गरे ।

यूईएफएले बिहिवार राति  नै च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह सी मा मा परेको छन् ।अन्य समूहको तुलनामा यो समूहलाई कठिम मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेको छ ।

समूह ‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह ‘बी’ मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।

समूह ‘डी’ मा फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ सीपी र मार्से ररहदा समूह ‘ई’ मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब छन् । समूह ‘एफ’ मा रियल मड्रिड, लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।

समूह ‘जी’ मा म्यानचेस्टर सिटी, सेभिया,बोरुसिया डर्टमण्ड र कोपेनहेगन रहदा समूह ‘एच’ मा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार