नेपाल र केन्याबीचको खेल आज

काठमाण्डौ – नेपाल र केन्याबीचको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ ।

पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् ।

अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले आजको खेल गुमाउने भएका हुन् ।

नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एक दिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एक दिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार