प्रिमियर लिग : लिभरपुल र युनाइटेड भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिगको तेस्रो साताअन्तर्गत सोमबार राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दैछन् ।

सुरुवति दुई खेलमा पराजित युनाइटेड घरेलु मैदानमा लिभरपुलविरुद्ध जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार खेल राति १२ः४५ बजे युनाइटेडको वर्ल्ड ट्राफोर्डमा हुनेछ ।

नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमा ब्राइटनसँग २–० को नतिजामा पराजित युनाइटेडले अहिलेसम्म एक गोल पनि गरेको छैन ।

यस्तै, दोस्रो खेलमा ब्रेन्टफोर्डसँग ४-० को पराजय भोगेको युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हाग जसरी पनि जित निकाल्नु पर्ने दबाबमा छन् ।

यता, लिभरपुल पनि तीन अंक खोस्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । पहिलो खेलमा फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको लिभरपुलले अहिलेसम्म जित निकाल्न सकेको छैन । घरेलु मैदान एन्फिल्डमा भएको दोस्रो खेलमा लिभरपुल क्रिस्टल प्यालेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार