युएईविरुद्ध कुवेतको रोमाञ्चक जित

काठमाडौँ– ओमानमा जारी टि– २० एसिया कप छनोटमा युएईविरुद्ध कुवेतले रोमाञ्चक जित निकालेको छ। कुवेतसँग युएईको यो पहिलो हार हो ।

युएईले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको कुवेतलले अन्तिम बल बाँकी छँदै ९ विकेट गुमाउँदै पुरा गर्‍यो।

कुवेतको जितमा ओपनर रवीजा संदारूवानले सर्वाधिक ३४ रन बनाए। मिट भास्वरले २७ रन बनाउँदा एडसन सिल्भाले १४ बलमा २५ रन जोडे।

युएईका बासिल हमीदले सर्वाधिक ३ विकेट लिँदा रोहन मुस्ताफा, जुनाइद सिद्धिकि, अहमद राजा र जाहुर खानले समान १–१ विकेट लिए।

युएईका बासिल हमीदले सर्वाधिक ३ विकेट लिँदा रोहन मुस्ताफा, जुनाइद सिद्धिकि, अहमद राजा र जाहुर खानले समान १–१ विकेट लिए।

युएईलाई अब शीर्ष स्थानमा रहेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सम्भावना कठिन बनेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार