नागरिकता विधेयक अब रोक्न सकिँदैन : गृहमन्त्री खाँण

'विधेयक रोकिँदा नेपाली नागरिक सन्तति नै नागरिकताबाट बञ्चित हुने तर्क'

काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब रोक्न नसकिने बताएका छन् । बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले सहमति जुट्न सकेन भनेर पेन्डिङमा राख्न नसकिने बताए ।

नागरिकता विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाँणले बताए

‘अब लम्ब्याउन सक्ने अवस्था छैन । सहमति जुट्न सकेन पेन्डिङमा राखौं भन्दा जे उठिराख्या छ त्यो कुरा रोकिदैन । जसलाई सम्बोधन गर्नुपर्ने हो त्यसलाई दिन सकिँदैन’ मन्त्री खाँणले भने ।

नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा ७ वर्षे प्रावधान लागू गर्न नसकिने मन्त्री खाँणले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार