माओवादी र नेसपाका नेताहरुबीच पेरिसडाँडामा छलफल

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामा भट्टराईबीच भेटवार्ता भएको छ ।
माओवादीको केन्द्रिय कार्यलय पेरिसडाँडामा भएको भेटमा चुनावी तालमेलको विषयमा छलफल भएको हो।

भट्टराईसँगै समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्र यादव तथा सहअध्यक्ष गंगा श्रेष्ठ पनि पेरिशडाँडा पुगेका थए । उनीहरूले प्रचण्डसहित माओवादी नेताहरूसँग छलफल गरेका छन्।

मंगलबार बिहान बसेको माओवादी स्थायी समिति बैठकले बाबुरामलाई माओवादीको चुनाव चिन्ह लिन दिने निर्णय गरेको थियो। बाबुराम गोरखा २ मा चुनाव लड्ने तयारीमा छन्।

सिट बाँडफाँटलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूबीच छलफल भएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार