कन्काई नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

झापा –झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई जना बालबालिकाको बिहिबार डुबेर मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

बिहिबार साँझ पौडी खेल्न घरबाट हिडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी गरेको थियो । सोही क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिंचाई नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिले अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा बिहिबार राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना नहरमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार