नेपाली फिल्म ‘राधा’ चिनियाँ चलचित्र उत्सवमा प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ ।

निर्देशक सुवर्ण थापाले चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुने ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल, २०२२’ मा ‘राधा’ प्रदर्शनका लागि छनोट भएको बताएका छन् ।

‘राधा’ सामाजिक मुद्दामा बनेको नारी प्रधान चलचित्र हो । चलचित्र ‘राधा’ भदौ १० गते नेपालमा रिलिज हुँदैछ ।

थापाद्वारा निर्देशित चलचित्रमा श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङलगायत कलाकारको आभिनय रहेको छ ।

चलचित्र सौगात मल्ल र निर्देशक थापाको संयुक्त लगानीमा बनेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार