केकी र आँचल अभिनित चलचित्र ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा अभिनित फिल्म ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक भएको छ ।आइतबार सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ ।

फिल्ममा केकी र आँचलका अलावा मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्कालगायतको अभिनय रहेको छ । फिल्ममा केकी र आँचल जेठानी देवरानीको भूमिकामा छन् भने मुकुन र कुशल दाजुभाइको भूमिकामा रहेका छन् ।

विवाह भएपछि परिवार भाँड्न समाजका केही व्यक्तिको खेललाई फिल्मको कथाको रूपमा प्रस्तुत गरिएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ’ भीमनिधि तिवारीको नाटकमा आधारित छ । कपनगडी सिनेमा र क्रिउ नेपालको ब्यानरमा निर्माण भएको फिल्म भदौ १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार