युक्रेनसँग नेपालको व्यापार घाटा २० अर्ब ८१ करोड, कुन देशसँग कति ?

सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग

नेपालले चालु आर्थिक वर्षको ११ महिनासम्म आइपुग्दा विश्वका १६५ भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरेको छ ।  नेपालले दुई पक्षीय व्यापार गरेका यी मुलुकमध्ये अधिकांश देशसँग व्यापार घाटा छ ।  चालु आर्थिक वर्ष २०७८–७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो ।

विभागको तथ्याङ्क अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा १० देशसँग रहेको छ । ती देश क्रमसः भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया,अमेरिका, इन्डोनेसिया, युएई, अर्जेन्टिना, अस्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, थाइल्याण्ड र बंगलादेश रहेका छन् ।

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेको सूचीको पहिलो नम्बरमा पर्छ– भारत । पछिल्लो ११ महिनामा नेपालको भारतसँग व्यापार घाटा ९ खर्ब ५५ अर्बको रहेको छ । नेपालमा भारतबाट सबैभन्दा धेरै रकमको वस्तु आयात हुने गर्छ । भारतबाट मात्रै ११ महिनामा ११ खर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ भने नेपालले भारतलाई १ खर्ब ४५ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ ।  हरेक वर्ष भारतसँगको व्यापार घाटा बढ्दोक्रममा छ ।

नेपालको दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ । भारतपछि चीनबाट सबैभन्दा धेरै २ खर्ब ४४ अर्ब २१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालले भने चीनलाई ७३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । नेपालको चीनसँग व्यापार घाटा ९ खर्ब ४३ अर्ब ४८ करोडको रहेको छ ।

नेपालको तेस्रो ठूलो व्यापार घाटा अमेरिकासँग रहेको छ । अमेरिकासँग नेपालको व्यापार घाटा ३१ अर्ब ७६ करोड छ । यो अवधिमा अमेरिकाबाट नेपालमा ४७ अर्ब ७३ करोडको आयत र नेपालबाट अमेरिकामा १५ अर्ब ९७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

नेपालको चौंथो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ । इन्डोनेसियासँग नेपालको व्यापार घाटा ४६ अर्ब २१ करोड पुगेको छ । यो अवधिमा इन्डोनेसियाबाट नेपालमा ४६ अर्ब २७ करोड रुपैयाँ र नेपालबाट इन्डोनेसियामा ६ करोड रुपैयाँको वस्तु गएको छ ।

नेपालको पाँचौ ठूलो व्यापार घाटा यूएईसँग छ । पछिल्लो ११ महिनामा नेपालको यूएईसँग व्यापार घाटा ४३ अर्ब ५३ करोडको रहेको छ । नेपालमा यूएईबाट ४३ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ भने नेपालले यूएईलाई ४३ करोडको वस्तु निर्यात गरेको छ ।

नेपालको छैठौं ठूलो व्यापार घाटा अर्जेन्टिनासँग छ । पछिल्लो ११ महिनामा नेपालको अर्जेन्टिनासँग व्यापार घाटा ३७ अर्ब १९ करोडको रहेको छ । नेपालमा अर्जेन्टिनाबाट ३७ अर्ब १९ करोड बराबरकै वस्तु भित्रिएको छ भने नेपालले अर्जेन्टिनालाई एकदमै न्यून वस्तु निर्यात गरेको छ ।

नेपालको सातौं ठूलो व्यापार घाटा अस्ट्रेलियासँग छ । पछिल्लो ११ महिनामा नेपालको अस्ट्रेलियासँग व्यापार घाटा २२ अर्ब १३ करोडको रहेको छ । नेपालमा अस्ट्रेलियाबाट २३ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ भने नेपालले अस्ट्रेलियालाई १ अर्ब २ करोडको वस्तु निर्यात गरेको छ ।

हाल रसियाले आक्रामण गरिरहेको मुलुक युक्रेनसँग पनि नेपालको ब्यापार ठूलो छ । नेपालसँग व्यापारका आधारमा युक्रेन आठौं ठूलो मुलुक हो । युक्रेनबाट नेपालमा ११ महिनामा २० अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । खासगरी तेलहनको कच्चा पदार्थ युक्रेनबाट बढी मात्रामा आयात हुने गर्छ ।

नेपालको नवौं ठूलो व्यापार घाटा हुने राष्ट्र मलेसिया हो । पछिल्लो ११ महिनामा नेपालको मलेसियासँग व्यापार घाटा १६ अर्बको रहेको छ । नेपालमा मलेसियाबाट १६ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ भने नेपालले मलेसियालाई १० करोडको वस्तु निर्यात गरेको छ ।

नेपालको १०औं ठूलो व्यापार घाटा हुने राष्ट्र ब्राजिल हो । पछिल्लो ११ महिनामा नेपालको ब्राजिलसँग व्यापार घाटा १२ अर्ब ३२ करोडको रहेको छ । नेपालमा ब्राजिलबाट १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ भने नेपालले ब्राजिललाई ५ करोडको वस्तु निर्यात गरेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार