पाकिस्तानमा गुडिरहेकै रेलमा एक महिलामाथि सामूहिक बलात्कार

पाकिस्तानमा गुडिरहेकै रेलमा एक महिलाको बलात्कार भएको छ । कराचीदेखि मुल्तानको रुटमा चल्ने रेलमा एक महिलामाथि सामूहिक बलात्कार भएको पाकिस्तानी प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा अहिलेसम्म तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्ने तिनै जना रेलकै कर्मचारी रहेका छन् ।

बलात्कृत महिलाले बिना टिकट रेलको यात्रा गरिरहेकी थिइन् ।रेलका कर्मचारीहरूले टिकट जाँच गर्ने समयमा उनीसँग टिकट नपाएपछि उनलाई जनरल कम्पार्टमेन्टबाट सुनसान एसी कम्पार्टमेन्टमा जान भनिएको थियो ।जहाँ २ जना टिकट चेकर र १ जना उनीहरूकै इन्चार्ज मिलेर उनी माथि सामूहिक बलात्कार गरेका थिए ।उनीहरूले आफ्नो मोबाइलमा बलात्कार गर्दै गरेको भिडियो समेत खिचेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार