घट्यो सेयर बजार, पछिल्लो १७ महिनाकै न्यून बिन्दुमा

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । मंगलबार ३५.५३ अंकले घटेको बजार २१३७.९२ विन्दुमा झरेर रोकियो ।  ।

मंगलबार थप ३५ अंक घटेसँगै नेप्से २०७७ पुस १९ यताकै न्यून बिन्दुमा कायम भएको हो । मंगलबार  कुल १ अर्ब ३१ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।

बैंकिङ २९, विकास बैंक ५४, फाइनान्स २४, होटल तथा पर्यटन ३४, जलविद्युत् ३०, जीवन बीमा ७१, उत्पादन ८०, लघुवित्त ७४, निर्जीवन बीमा २३६, अन्य २६ र ब्यापार उपसमूह ३३ अंक घटे । कुल १५ कम्पनीको मूल्य बढ्यो भने १७५ को घट्यो, ५ को स्थिर रह्यो ।

सोमबार समेत बजार ५० अंकभन्दा बढीले घटेको थियो । मंगलबार म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । आज पनि इन्भेष्टमेन्ट बैंकको मूल्य १० प्रतिशतले घटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार