वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेलाई राहदानी र श्रम स्वीकृति नवीकरणमा आधा छुट

सरकारले वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने नेपालीलाई पासपोर्ट नवीकरणलगायतमा छुट दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष २०७९–८० को बजेटमा ‌औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई राहदानी नविकरण, कन्सुलर सेवा तथा श्रम स्वीकृति नविकरण वापत लाग्ने शुल्क वा दस्तुरमा ५० प्रतिशत छुट दिने बताएका हुन् ।

यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गरिने भएको छ।

सरकारले रेमिट्यान्स भित्र्याउन प्राथमिकता दिने कार्यक्रम ल्याएको हो।

पछिल्लो समय लगातार रेमिट्यान्स घट्न थालेको र पठाएको रकम पनि हुण्डीबाट पठाउने गर्दा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण मानिने रेमिट्यान्स घटिरहेको बताइएको छ ।

 

वैध माध्यमबाट रेमिट्यान्स नपठाउनेको पासपोर्ट नवीकरण रोक्नुपर्छ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार