बजेट सकारात्मक, कृषक पेन्सन योजना उत्कृष्ट : वर्षमान पुन

नेकपा माओवादी (केन्द्र)का नेता वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि उत्कृष्ट बजेट आएको बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै उनले बजेट सकारात्मक आएको बताएका हुन् ।

उनले बाँझो जमिनलाई उपयोग गर्ने नीति, धान, गहुँ, मकै लगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र कृषक पेन्सन योजना उत्कृष्ट रहेको बताए । यस्तै, आगामी आर्थिक वर्ष धान, गहुँ, मकै र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य समेत स्वागतयोग्य रहेको पुनको भनाइ छ । पुनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु नै बजेटको मुख्य आकर्षण भएको बताए ।

‘कृषिजन्य र औद्योगिक उत्पादन बढाएर रोजगारी सिर्जना गर्ने र गरिबी हटाउने लक्ष्य बजेटले लिएको छ,’ पुनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले २ लाखलाई रोजगारी दिने घोषणा बजेटमा राखिएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार