बजेटमाथि पूर्वअर्थमन्त्री पौडेल टिप्पणी : सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा

नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले ल्याएको बजेट ‘सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो’ रहेको बताएका छन् । ‘यो बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो छ ’ उनले भने ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले ल्याएको बजेटका कार्यक्रम व्यक्ति र समूह विशेषलाई केन्द्रमा राखेर बनाएको टिप्पणी गरेका हुन् ।

‘बजेटले तीव्र गतिमा अत्याधुनिक विकास गरेर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षी साकार पार्न र राष्ट्रिय कार्यभार पूरा गर्न सक्दैन,’ पौडेलले भने, ‘यो गठबन्धन सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको कार्यान्वयन गर्न त परै जाओस्, उच्चारण गर्नसमेत संकोच मानिरहेको छ । बजेटमा समग्र र यथार्थ वित्त क्षमताभन्दा खर्च बढी प्रस्ताव गरिएको छ ।’

एमाले उपाध्यक्षसमेत रहेका उनले सरकारको बजेटलाई ‘चुनावी घोषणापत्र र चुनावी प्रचार’को संज्ञा पनि दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार