भोलिकाे संसदमा आर्थिक सर्वेक्षण पेस हुने, आइतबार बजेट सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभामा शनिवार आर्थिक वर्ष २०७८ ७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । आजको बैठकमा नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि पेस भएन । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को अवरोध गरेको थियो ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।
अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्नुहुने कार्यक्रम छ ।

यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेस गर्नेछन् ।गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेस गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार